गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णिय गरेकाअ छन् ।
‘सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भनेका छन् ।
भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बर गरी सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।