आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ लाई चीनका सिनेमा हलमा रिलिजको प्रयास गरिने भएको छ। हलिवुड तथा बलिवुड फिल्महरु चाइनामा प्रदर्सन हुँदै आएका छन्।
अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार मानिने चीनमा हलिवुडका ठुला बजेटका फिल्मलाई चीनमा चलाएर धेरै मुनाफा कमाउने भन्ने बिस्वाश रहेको थियो। सत्तरी हजारभन्दा बढि स्क्रिन रहेको चीनमा यस अघि बलिवुडका बजरंगी भाइजान, दंगल, सिक्रेट सुपरस्टार, हिन्दी मिदीयम, अन्धाधुन, हिच्की’ जस्ता फिल्म प्रदर्शन भैसकेका छन् र त्यहा उत्क्रिस्ट कमाई भएको
थियो।
यसैमा नेपालि फिल्म लप्पन छप्पन २ लाई पनि चीनमा प्रदर्शन गराइने प्रयास रहेको छ। यसका लागि निर्माण टिमले चिनियाँ भाषामा फिल्मलाई डब गर्दैछ । फिल्मको चीन रिलिज अधिकार शान्त शर्माले लिएका छन् । चीनका थिएटरमा फिल्म रिलिजको प्रयास भइरहेको निर्देशक मुकुद भट्टले जानकारी दिए ।