कोरोनाका कारणले ठप्प भएको चलचित्र क्षेत्र अझै चलायमान हुन सकेको छैन। बिस्तारै अन्य क्षेत्रहरु खुल्न थालेकाले अब फिल्म मेकर पनि बिस्तारै आफ्ना भावी योजना लिएर आउंदै छन्। यसैबीच निर्देशक तथा संचारकर्मी लक्ष्मण सुबेदीले ” कृष्ण लिला ” फिल्मको घोषणा गरेका छन्।
उक्त चलचित्रमा अभिनेता पुष्प र अभिनेत्री दिपिका प्रसाईं अनुबन्दित भएका छन्। फिल्मलाई निर्देशक दिपक ओलीले निर्देशन गर्दै छन्। लकडाउनमा केहि फिल्मका स्क्रिप्ट पढेका पुष्पले यस फिल्मको कथावस्तु मन परेकाले काम गर्न लागेको बताउछन्।
पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरु रहने यस फिल्म कमेडी जनरामा निर्माण हुँदै छ। सरकारले अनुमति दिए असोज १५ बाट फिल्मको छायांकनमा जाने तयारी रहेको यस फिल्ममा पुष्प फरक भूमिकामा प्रस्तुत हुँदै छन्।