विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले उपत्यका लागयत मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले आज रोटरी क्लव अफ राजधानीले काठमाडौंको सुन्दरीजल, नयाँपाटीमा विशेष तथा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोट्रयाक्ट क्लव अफ राजधानी, रोटरी सामुदायिक समिति, युवा जनजागरण अभियान समुह, मासिक १०० अभियान नेपाल, नयाँपाटी युवा समुहको सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ६८ जना रक्तदाताले आफ्नो नाम दर्ता
गराएकोमा केही रक्तदाताको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न नसकेको रोटरी सामुदायिक समितिका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए ।
रगतको चरम अभावको समाचारहरु आइरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक संघसंस्थाहरुलाई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गर्न गरेको आग्रह अनुरुप कोभिड १९ को संक्रमणको यो जोखिमको बेलामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट अजय सिंह कार्कीले बताए ।
रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता रहेको रोट्रयाक्ट क्लव अफ राजधानी कि प्रिसिडेन्ट नेहा कार्कीले बताइन् ।
उक्त वृहत रक्तदान कार्यक्रमको प्रचार प्रसारमा रेडियो सिटीको सहकार्य रहेको थियो ।