नेपालमा रेल आउँछ भन्ने खबर अब कुनै मजाकमा मात्र सिमित रहेन। भारतमा निर्माण गरिएको नेपाली रेल नेपाली भूमिमा प्रवेश गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
रेल जयनगरबाट नेपाल प्रवेश गरिसकेको बताउँदै उनले रुटको बाटोको अवस्था मूल्यांकन गर्दै आउने भएकाले केही समय लाग्न सक्ने उनले बताए। रेल आएपछि नेपाली पक्षलाई हस्तान्तरण गरिनेछ। उक्त रेल हेर्न जनकपुरधाममा मान्छेको घुइंचो लागेको छ। सबैकुरा योजना बमोजिम रहे दशैं पश्चात रेल चल्ने छ।