लकडाउन भएदेखि चलचित्र क्षेत्र ठप्प छ र कहिलेबाट खुल्ने अत्तोपत्तो छैन । लकडाउन खुलेपछि पनि यस क्षेत्रलाई कसरि अगाडि बढाउने भन्ने निधो छैन।
अन्य क्षेत्र झैं चलचित्र पनि कोरोनाको कहरले ग्रस्थ भएकाबेला अब कसरि माथि उठ्ने भन्नेबारे फिल्मकर्मीले सोच्नु आवश्यक छ।
लकडाउनमा घरमा बसेका दर्शकले बिदेशी चलचित्र हेरेर उनीहरुको चलचित्र हेर्ने स्वाद बदलिएको छ। दर्शकको स्वाद अनुसार मेकरले फिल्म निर्माण गर्न आवश्यक छ। के मेकरले दर्शकलाई हलसम्म तान्ने चलचित्र बनाउने सक्लान त् ? अब चलचित्रलाइ व्यवसायिक रुपमा सफल बनाउन चलचित्रको गुणस्तरमा ध्यान दिनुपर्ने छ। अन्यथा दर्शकलाइ हलसम्म तान्न मुश्किल छ।
अब quantity भन्दा पनि quality मा ध्यान दिन जरुरु छ । नेपालका केहि नायक नायिका छन् जसका फ्यान फलोविंगले गर्दा फिल्म चल्ने सम्भावना बढि हुन्छ। अनमोल केसी, प्रदिप खड्का, दयाह्यांग राइ, पल शाह आदिका चलचित्र व्यवसायिक रुपमा सफल हुने चान्स हुने भएकाले मेकरले केहि ठुलो रकम पे गर्नु पर्ने भएको हुन सक्छ। यी केहि नायक वा नायिकालाइ मात्र फिल्म बनाउन असम्भव छ त्यस कारण दर्शकको डिमाण्ड बढेकाले त्यस अनुसार चलचित्र निर्माण गर्न निकै आवस्यक छ।